किन बढ्यो कृषि विकास बैंकको खराब कर्जा ?

बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो त्रयमासको वित्तीय विवरणमा वाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ । केहीको घटेको छ भने केहीको राम्रैसँग बढेको छ । वाणिज्य बैंकहरुको नाफालाई खराब ऋणले प्रभावित गरेको छ । ६ महिनाको अवधिमा ६ वटा बैंकको नाफा घटेको छ भने कृषि विकास बैंकको नाफा ऋणात्मक बनेको छ । वाणिज्य बैंकको खराब कर्जा न्यूनतम २.२४ प्रतिशतदेखि ४.५२ प्रतिशतसम्म पुगेको छ ।

खराब कर्जा बढ्दा बैंकहरूले यसका लागि राखिने जोखिम प्रावधान बढ्छ र नाफामा असर पर्छ। यस्तो कर्जा पाँच प्रतिशत पुगेमा राष्ट्र बैंकले नै व्यवस्थापन सम्हालेर सुधार समेत गर्ने गरेको छ । कृषि विकास बैंकको यो अनुपात सबैभन्दा धेरै देखिएको हो । एक वर्षको अन्तरालमा बैंकको खराब कर्जा डबल अंकले बढेर ४ प्रतिशत माथि पुगेको हो ।

गत आर्थिक वर्षको दोेस्रो त्रैमासमा २.०८ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा ह्वात्तै बढेर ४.५२ प्रतिशत पुगेको छ। बैंकको यो खराब कर्जा अन्य बैंककहरुको तु्लनामा सबैभन्दा उच्च हा े।

बैंकले यो अवधिमा १२ अर्ब घाटासमेत व्यहोर्नुपरेको छ । यतिमात्रै नभएर बैंकको खुद ब्याज आम्दानीमा संकुचन आएको छ भने ११ करोड १५ करोड रुपैयाँ सञ्चालन घाटा छ । यस्तै ईपीएस पनि ४.४३ रुपैयाँले ऋणात्मक छ ।

कृषि विकास बैंकका कामु सीईओ प्रताप सुुवेदीका अनुसार तरलताको समस्या, कोभिड–१९ तथा उठ्नुपर्ने कर्जा तथा ब्याज समयमा नउठ्दा खराब कर्जा बढेको हो । सुवेदीले बढेको खराब कर्जा तथा बैंकको वित्तीय अवस्था सुधार गर्नेतर्फ लागिसकेको बताए। ऋणीहरुले प्रायःजसो माघपछि क्रमशः कर्जा तथा ब्याज तिर्दै जाने हुँदा अब आगामी दिनमा बैंक सबै सूचकमा सुधार आउने उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार