रवि लामिछानेले आज नेपाली नागरिकता लिने

अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । प्रशासनले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गर्नुभनी समन्वय गरेको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन् । यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो ।

लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। यी सबै पदमा उनी अहिले छैनन् ।

लामिछानेले सर्वोच्चको आदेश स्वीकार गर्ने प्रतिक्रिया दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार