अमेरिकामा प्रहरीले गर्‍यो अश्वेत नागरिकको हत्या

अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ । अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो । अन्तत प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको छ ।

भिडियोहरूमा जनवरी ७ मा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । लात्ताले हान्ने, बन्दुकको कुन्दाले पिट्ने र निर्मतापूर्वक यातना दिएको भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ ।

जनवरी ७ मा प्रहरीले टायर निकोलस नामका २९ वर्षीय युवकलाई तीव्र गतिमा गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो । यस घटनामा पाँच प्रहरीलाई हत्याको आरोप लागेको छ ।

शुक्रबार सार्वजनिक भिडियोमा प्रहरीले निकोलसलाई ट्राफिक स्टपमा रोकेर निर्ममतापूर्वक कुटेको देखिन्छ । प्रहरीबाट भाग्ने प्रयास गरेका उनलाई प्रहरीले पक्राउपछि कुटपिट गरेको देखिन्छ । भिडियोमा उनी धेरै पटक आमा–आमा चिच्याएको सुनिन्छ । ‘म घर जान चाहन्छु’ भन्दै उनले गरेको बिन्तीलाई बेवास्ता गर्दै निर्घात कुटपिट गरेको देखिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार