इरानले एक महिनामा ५० जनाभन्दा बढीलाई मृत्युदण्ड दियो

इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार (आइएचआर)ले भनेको छ ।  मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई थप त्रसित बनाएको समूहले जनाएको छ ।

यसैबीच, अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भनेको छ कि विरोध प्रदर्शनमा मृत्युदण्डको सजाय सुनाइएका तीन युवामध्ये सबैभन्दा कान्छो एक १८ वर्षीयलाई हिरासतमा चरम यातना दिइएको थियो ।

आईएचआरले यो वर्षको पहिलो २६ दिनमा कम्तीमा ५५ वटा मृत्युदण्डको पुष्टि गरेको बताएको छ। प्रदर्शनसँग सम्बन्धित आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको छ, जबकि फाँसी दिइएका ३७ जना दोषीलाई लागूऔषधसँग सम्बन्धित अपराधका लागि दोषि ठहर गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार