एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ ।

तालिका अनुसार आगामी चैत्र १७ शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा चैत्र १७ गतेदेखि सुरु भएर चैत्र २९ गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार