जर्मनीद्वारा ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण

जर्मनीले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाललाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जर्मनीले युरोपेली युनियनको ‘नागरिक संरक्षण संयन्त्र’ अन्तर्गत २७ हजार एफएफपीटु मास्क, ३० हजार सर्जिकल मास्क, १०० गम्बुट, २०० बढी ब्याग, ५ आइसोलेसन सेन्टर टेन्ट र २५ हजार लिटर कीटाणुनाशक रसायन सहयोग गरेको हो ।

नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती स्वास्थ्य सामाग्री स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । युरोपेली संघको बृहत ईयू सोलिडारिटी प्याकेजअन्तर्गत आएका ती स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार