एमालेका यी ७ सांसद जसले मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गरे

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । आज प्रदेशसभामा भएको मतदानमा एमालेको माधव नेपाल पक्षले समर्थन गरेपछि भट्टको सरकार जोगिएको छ ।

मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुईजनाले सरकारको विपक्षमा भोट हालेका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत लिन पर्याप्त भोट पुग्ने देखिएपछि कांग्रेस मतदानमा सहभागी भएन ।

एमाले सांसदहरु रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले विपक्षमा मतदान गरेको हुन् । उनीहरुले ह्विप उल्लंघन गरेर विपक्षमा मतदान गरेको प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।

नेकपा एमाले पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो भने संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । विपक्षमा मतदान गर्ने सांसदहरुले पार्टीको निर्देशनको पालना गरेको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार