सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य आज घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख छ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ८० कायम रहेको महासङ्घले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार