सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश भएअनुसार अहिले मतविभाजनको प्रक्रिया सुरु भएको छ ।
सभामुखले मुख्यमन्त्री भट्टले पेश गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेका छन् । यससँगै मतविभाजनको प्रक्रिया सुरु भएको छ ।
मुख्यमन्त्रीलाई एमालेले समर्थन गर्ने निर्णय गरिसकेको छ भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत लिने जनाएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको सांसद टेकबहादुर रैकाले बताए ।
सुदूरपश्चिम प्रदेशसभामा कांग्रेससँग १२ मत छ । कांग्रेसको यो निर्णयपछि मुख्यमन्त्री भट्टलाई विश्वासको मत लिन मतसंख्यामा कमी नहुने अवस्था बनेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत लिन २७ मतको आवश्यक पर्छ । माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेको छ ।