नाजिर हुसेनको ‘गुलाबी’ लुक सार्वजनिक

काठमाडौँ — अभिनेता नाजिर हुसेनको नयाँ फिल्म गुलाबीको लुक सार्वजनिक भएको छ । उक्त तस्बिरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पात्रको रुपमा उनी देखिएका छन् ।

समुन्द्र भट्टको निर्देशनमा तयार भएको यस फिल्ममा नाजिर गुलाबीको भूमिकामा देखिँदैछन् । सामाजिक सञ्जालमा नयाँ चरित्रको तस्बिर सार्वजनिक गर्दै नाजिरले फिल्म गुलाबी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरुका गवाहीहरु बटुलेर बनाइएको उल्लेख गरेका छन् ।

फिल्मकी निर्देशक समुन्द्रले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरुको वास्तविकता थाहा गर्न दुई वर्ष निरन्तर उनीहरुसँग बिताइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार