ओखलढुङ्गामा एक रिसोर्टमा आगलागी

सोलुखुम्बु – ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-५ को एक रिसोर्टमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । मङ्गलवार हिजो दिउँसो झण्डै साढे २ बजे दावा शेर्पाको दावा एग्रो टुरिजम रिसोर्टमा आगलागी भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ ।

आगलागीबाट काठ र टिनले बनेको दुई तले घरसहित सबै सामग्री जलेर नष्ट भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

रिसोर्ट पूर्णरुपमा जलेर नष्ट भएपछि मात्रै आगो हिजो बेलुका ६ बजेतिर प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगलागीको कारण यकिन नभए पनि चुलोबाट सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार