प्रेमप्रसादले आत्मदाह गर्नुमा राज्य दोषी छ : बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले प्रेम आचार्यले आत्मदाह गर्नुको कारण राज्य नै भएको बताएका छन्

मेयर साहले इलाम सूर्योदय नगरपालिका–११ निवासी ३६ वर्षीय प्रेम आचार्यले मंगलबार संसद् भवनअघि आत्मदाह गर्न खोज्नुको कारण धेरै भए पनि सबै भन्दा ठुलो कारण राज्य भएको बताएका छन्।

‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो ।’ मेयर बालेन साहले लेखेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार