हामीलाई माफ गर्नुस प्रेमप्रसाद आचार्य : रवि लामिछाने

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेर घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ! यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,

लामिछानेले आफूहरुले पनि थप आश जगाउन नसकेकोमा आफू पनि दोषी रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्। ‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार