बौद्धमा बोराभित्र शव भेटियो

काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।

अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । हत्या गरेर शव फालेको हुनसक्ने प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार