मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै छन् । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेले प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न एमाले सुदूरपश्चिम संसदीय दललाई निर्देशन दिएको छ । एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन् ।

प्रदेशमा माधवकुमार नेपाल पक्षका मात्रै १५ सांसद रहेका छन् । नेपाल पक्षले साथ दिए मुख्यमन्त्री भट्टले विश्वासको मत पाउनेछन् । काँग्रेस र जसपाले कता मतदान गर्ने भन्ने निश्चित देखिएको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार