साना कर्जाको किस्ता असुलीमा समस्या देखियो : बैंकर्स संघ

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको साना कर्जाको किस्ता असुलीमा पनि समस्या देखिएको छ ।  नेपाल बैंकर्स संघका अनुसार अहिले साना तथा मझौला कर्जाहरूको समेत ऋण असुल नहुने अवस्था आएको छ । मंगलबार नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले इतिहासमै पहिलो पटक वाणिज्य बैंक नोक्सानमा गएको बताएका छन् ।

केसीले भने  ‘सम्भवतः इतिहासमै पहिलो पटक वाणिज्य बैंक नोक्सानमा गएको अवस्था समेत देखिएको छ भने अहिले साना तथा मझौला कर्जाहरूको समेत ऋण असुल नहुने अवस्था आएको छ ।’   चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकरूमध्ये कृषि विकास बैंक १२ करोड रूपैयाँ नोक्सानमा गएको छ । यस बैंकको खराब कर्जा समेत बढेर ४.८ प्रतिशत पुगेको छ ।

बैंकर संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला अहिले देखिएको खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमै रहेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार