भारतमा केमिकल कारखानामा आगलागी, १८ मजदुरको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा १८ जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै मजदुर रहेको बीबीसीले जनाएको छ ।

सोमबार बेलुकी भएको आगलागीमा अझै केही कामदार हराइरहेका बीबीसीले जनाएको छ । आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए ।हराएका मजदुरहरुको खोजी भइरहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनामा ज्यान गुमाएका मजदुरका परिवारलाई २ लाख क्षतिपूर्ति र घाइतेलाई ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन् । यो कारखाना पुणेको घोटावाडे फाटा क्षेत्रमा अवस्थित छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार