राष्ट्रिय वाणिज्य बैंक ५८ औँ वर्षमा प्रवेश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५८ औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार बैकंले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै सर्वसाधारण प्रति बैंकिङ्ग सचेतना गर्ने उद्धेश्यले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै बैंकले वित्तीय साक्षरताका लागि पनि काम गरिरहेको बताए ।

बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता, आँखा परीक्षण, स्वास्थ्य परीक्षण, कार्यालयहरुको सरसफाई, हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम आयोजना भैरहको छ ।

आजदेखि बैंक ५७ वर्ष पूरा गरी ५८ औँ वर्षमा प्रवेश गरेको छ। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार