डाइनोसरका चार प्रजातिको अवशेष फेला

एजेन्सी । वैज्ञानिकहरूले चिलीको पाटागोनियाको एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेषहरू फेला पारेको जनाएका छन् । युनिभर्सिटी अफ चिलि र युनिभर्सिटी अफ टेक्साससँगको सहकार्यमा चिलियन अन्टार्टिक इन्स्टिच्युट (इनाच) ले एक खोजका क्रममा ती अवशेषहरू फेला पारेका हुन् । सन् २०२१ मा फेला परेका र प्रयोगशालामा पठाइएका जीवाश्महरू यस क्षेत्रमा पहिले पहिचान नभएका प्रजाति भएको बताइएको छ ।

यी जीवाश्महरू अर्जेन्टिनाको सीमास्थित दक्षिणी चिलीको लास चिनस उपत्यकाको सेरो गुइडोमा फेला परेका थिए । फेला परेका जीवाश्मलाई अध्ययनका लागि प्रयोगशालामा लगिएको थियो ।

अनुसन्धानकर्ताहरूले दुई चरा प्रजातिका अवशेषहरू पनि फेला पारेका थिए । तीमध्ये एक इनानटिओरनाइथ र अर्को अर्को ओरनिथुरिनेइ हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार