अनलाइन व्यापार र होम डेलिभरी नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले अनलाइन माध्यमबाट गरिने सामान खरिदबिक्री र होम डेलिभरीका सेवा नरोक्न अन्तरिम आदेश दिएको छ । निकेत अग्रवाल लगायतले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

इजलासले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अनलाइन माध्यमबाट खरिद बिक्री भएको सामानको होम डेलिभरी गर्न दिन र ई कमर्स सेवा प्रदान गर्ने काम नरोक्न अन्तरिम आदेश दिएको हो ।

कोरोना भाइरस महामारीको असर कम गर्न र जोगिन डिजिटलाइजेशनको माध्यम महत्वपूर्ण भएको भन्दै उक्त इजलासले अत्यावश्यक पहुँच पुर्याउनु पर्ने बताएको छ ।

‘यस्तो असामान्य अवस्थामा जोखिमता रहेको व्यक्ति वा संक्रमित रहेको परिवारको अत्यावश्यक पहुँचको सुनिश्चितताको लागि राज्य र निजी क्षेत्र समेत कृयाशील हुन आवश्यक छ,’ आदेशमा भनिएको छ ।

गत वर्ष काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवाको होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड २०७७ जारी गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार