मोन्टी देसाई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बन्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाईलाई नियुक्त गर्ने तयारी भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले देसाईलाई नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो । भारतीय प्रशिक्षक देसाई यसअघि पनि दुई पटक अन्तिम छनोटमा परेका थिए । तर, उनलाई क्यानले मुख्य प्रशिक्षकको जिम्मेवारीमा राखेको थिएन ।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि क्यानले नयाँ प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । जसअनुसार अन्तरवार्ताबाट देसाईको नाम क्यानको प्राविधिक समितिले बोर्डमा सिफारिस गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार