सोमबार थप ४ हजार ४७२ जनामा कोरोना पुष्टि, ९२ जनाको मृत्यु

नेपालमा सोमबार थप ४ हजार ४ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १२ हजार २ पिसिआर परिक्षणका क्रममा ३ हजार ३७० र ५ हजार ९ सय १ एन्टीजेन परिक्षणका क्रममा १ हजार १ सय २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म पिसिआर परिक्षणबाट ५ लाख ९१ हजार ४९४ र एन्टीजेन परिक्षणबाट १४ हजार ६६१ संक्रमित फेला परेका छन् । त्यस्तै कोरोनाका कारण थप ९२ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९ सय ९० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ६ हजार ९ सय ५१ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ४ लाख ९७ हजार ९६० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ३१ लाख ५५ हजार ६४ वटा पिसिआर र ७५ हजार ८५२वटा एन्टीजेन परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार