कोरोनाका कारण विदेशमा थप १३ नेपालीको मृत्यु

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा ७, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले मृत्यु भएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार  नेपाली कोरोनामुक्त भएका छन् ।

समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार सोमबार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।

संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार