घट्यो सिद्धार्थ बैंकको नाफा, खराब कर्जा बढ्यो

चालु आर्थिक वर्षको ६ महिनामा सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेकामा चालु आवको सोही अवधिमा आइपुग्दा २६.३८ प्रतिशतले घटेर १ अर्ब १६ करोड ११ लाख ९९ हजारमा सिमित भएको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन मु्नाफा घटेको छ । गत आवको दोस्रो त्रैमासमा ३ अर्ब ६९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेकामा चालु् आवको सोही अवधिमा आइपुग्दा ४ अर्ब १ करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन म्ुनाफा भने २ अर्ब २८ करोड ८ लाख ५१ हजार रुपैयाँबाट घटेर १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।

१४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १५ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

२ खर्ब ५ अर्ब १२ करोड ९१ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले १ खर्ब ७७ अर्ब ६० करोड १६ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.३७ प्रतिशतबाट बढेर २.८७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २९ पैसा छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार