मेरा कारणले एकता सफल भएन भन्नु भ्रामक र षड्यन्त्रपूर्ण : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइ भ्रामक र षडयन्त्रपूर्ण रहेको बताएका छन् । सोमबार प्रचण्डले सामाजिक संजाल ट्विटर मार्फत ओलीको अभिव्यक्तिको भर्त्सना गरेका हुन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार राति एक सार्वजनिक विज्ञप्ति जारी गदै आफूले नेकपा एकताका लागि प्रयास गरे पनि माओवादी अध्यक्ष दाहालका कारण एकता हुन नसकेको जनाएका थिए । त्यसको प्रतिवाद गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ उनले भनेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार