कोटेश्‍वरमा माधव नेपालसँगको भेटवार्तापछि बूढानीलकण्ठ पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भटवार्तापछि कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रचण्ड र नेपालबीच कोटेश्‍वरस्थित एक व्यवसायीको घरमा करिब पौने एक घण्टा वार्ता भएको थियो । एमाले अध्यक्ष तथा प्रधानमन्‍त्री केपी ओलीले माधव पक्षको माग बमोजिम २०७५ जेठ ३ मा फर्किन तयार रहेको प्रतिवद्धतासहित एकताको अपिल गरेपछि भएको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।

नेपाललाई भेटेलगत्तै प्रचण्ड अहिले देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । स्रोतकाअनुसार अहिले देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार