कपिलवस्तुमा आइपुग्यो १० हजार भेरोसेल खोप, कसले कहिले लगाउन पाउँछन् ?

कपिलवस्तु जिल्लामा ९ हजार ५५० डोज भेरोसेल खोप आइपुगेको छ । सो खोप यही जेठ २५ गते अर्थात् भोलिदेखि ६२ देखि ६४ वर्ष उमेर समुहलाई लगाइने छ । तर खोप अभावले गर्दा जिल्लामा ६२, ६३ र ६४ वर्ष उमेर समूहलाई मात्र खोप लगाउने तयारी गरेको हो । जिल्लामा ६० देखि ६४ उमेर समुहका १९ हजार १६६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

लक्षित समूह बढी रहेकाले ६२ देखि ६४ उमेर समुहकालाई मात्र खोप लगाउने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । खोप लागउनका लागि १० वटै पालिकामा २ देखि ४ वटा खोप केन्द्र संचालन गरिने स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए ।

खोपका लागि नागरिकता वा उमेर खुल्ने प्रमाण ल्याउन उनले आग्रह गरे । उता स्वास्थय कार्यालय प्रमुख पाण्डेयले लकडाउनले कोरोनाको चेनब्रेक गरेको बताए । उनले पालिकाहरुले परिक्षणको दायरा बढाउनु पर्ने आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार