प्रधानन्यायाधीश बिरामी परेपछि संवैधानिक इजलास स्थगित

संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास आज नबस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा बिरामी परेका कारण आजको संवैधानिक इजलास स्थगित भएको सर्वोच्च स्रोतले जनाएको छ ।

जबराले आफू अस्वस्थ भएको जानकारी अदालत प्रशासनलाई गराएका छन् । संसद विघटन मुद्दामा अब बुधवार सुनुवाइ हुनेगरी निवेदकलाई तारेख दिइएको छ ।

संसद विघटन सम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् ।

तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै आशंका गर्दै आएको छ । सरकारको कानुनी सल्लाहकार रहने महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार