पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा प्रकृतिको प्राविधिक कार्यक्रम डेल्टा ३.० सञ्चालन हुँदै

काठमाडौँ – पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा ‘दिगो आधुनिक कृषि’ विषयमा प्रकृतिको प्राविधिक कार्यक्रम डेल्टा ३.० सञ्चालन हुँदै शीर्षकमा डेल्टा ३.० कार्यक्रम हुने भएको छ । इन्जिनियरिङ अध्ययनरत संस्थान अन्तर्गत पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था डेल्टाले प्रत्येक वर्ष जस्तै यस बर्ष पनि उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

डेल्टाको तेस्रो संस्करण अन्तरगत सञ्चालन हुन लागेको उक्त कार्यक्रम माघ ५, ६ र ७ गते सञ्चालन हुने छ ।
क्याम्पसमा अध्ययन हुने सम्पूर्ण संकायका विधाहरुबाट आर्जित ज्ञानका आधारमा
कार्यक्रमहरु संञ्चालन हुने छन्। देशको मेरुदण्ड नै कृषि भएको र यसको उन्नतीविना आर्थिक समृद्धिको कल्पना पनि गर्न नसकिने हुँदा डेल्टाले यस पटक ‘दिगो आधुनिक कृषि‘ विषयवस्तु राखेको आयोजकका प्रतिनिधि विवेक न्यौपानेले बताए ।

मेसिन डिजाइन, मेक–अ–थन, डेल्टा–थन, डिजाइन–अ–थन, म्याटल्याब, रोबोथन, प्रोजेक्ट डेमोस्टे«सन आदि इभेन्ट हुन गइरहेकोछ । विद्यार्थीहरुको ज्ञान अभिवृद्धि र कृषकहरुको सामाजिक रुपान्तरण दुवैमा टेवा पुर्याउन यस इभेन्टले सहयोग गर्ने अनुमान गरिएको छ ।

गत वर्ष नेपालकै पहिलो अनलाइन टेकनिकल इभेन्ट गर्न सक्षम डेल्टाले यसपाली पनि कृषिमा आधुनिकता भित्र्याएर परिवर्तन ल्याउनका खातिर उक्त इभेन्ट गर्न लागिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार