बर्खास्तमा परेपछि झोला र सुटकेश बोकेर मन्त्री क्वाटरबाट निस्किए जितेन्द्र सोनल

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्तीमा परेका जितेन्द्र सोनलले मन्त्री क्वाटर छाडेका छन् । आइतबार साँझ बर्खास्तमा परेको सोनलले सोमबार बिहानै सरकारी निवास ‘मधेस भवन’ छाडेका हुन् ।

जसपा केन्द्रको विवादका कारण अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हिजो साँझ महन्थ ठाकुर पक्षका मन्त्री सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए । राज्यमन्त्रीहरु भने डेरा बापत रकम लिई भाडाका घरमा बस्दै आएका थिए ।

सोनलले क्वाटरबाट निस्किँदा एउटा सुटकेश र एउटा झोला लिएर निस्केका छन् । उनले सरकारी गाडी पनि फिर्ता गरेका छन् । आफूलाई मन्त्री बनाउने अध्यक्ष महन्थ ठाकुर तथा नेताहरुप्रति कृतज्ञताका साथै मन्त्री पदमा रहँदा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले अगामी दिनमा मधेस र प्रदेशका हितमा काम गरिरहने प्रतिबद्धतासमेत जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार