काठमाडौंमा भोलिदेखि भेरोसेल खोप लगाइने

काठमाडौं महानगरपालिका भित्र मंगलबार (भोलि) देखि कोरोनाविरूद्ध चिनियाँ भेरोसेल खोप लगाइने भएको छ ।

६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई तालिका अनुसार पहिलो मात्रामा खोप लगाउन लागिएको महानगरले जनाएको छ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ । खोप कार्यक्रम जेठ २९ गतेसम्म चल्नेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । यस्तै २६ गते ६३ वर्ष, २७ गते ६२ वर्ष, २८ गते ६१ वर्ष र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार