मूल मुद्दामा प्रवेश नै नगरी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

पुनर्गठित इजलासमा दोहोरिएका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको सन्दर्भमा महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलले प्रश्न उठाएपछि मुद्दामा प्रवेश हुन पाएन ।

इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन पेस गरेपछि बहस अन्यत्रै मोडिएको थियो । संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे दिनभर बहस भए पनि आदेश भने आएन । आइतबार पनि मूल मुद्दामा प्रवेश नगरी बहस सकिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार