कारको ठक्करबाट मजदुरको मृत्युपछि भागेका सांसदका छोरा पक्राउ

पैदलयात्रीलाई कारले ठक्कर दिएर भागेका प्रदेश सांसद विन्दिया कार्कीका छोरा रविनलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार रविनले रक्सीले मातेर चलाउँदा त्यसको ठक्करबाट एक मजदुरको मृत्यु र अर्का एक गम्भीर घाइते भएका थिए ।

घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरीले उनलाई पकाउ गर्न आनाकानी गरेको थियो । तर, चौतर्फी दबाबपछि कार्कीलाई आइतबार अपराहन्न विराटनगरको बरगाछी घरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार कार्कीलाई ‘सवारी ज्यान मुद्दामा’ म्याद थप गर्ने भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार