३ हजार ४७९ जनामा संक्रमण पुष्टि, ९९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ९९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार