जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो ।

थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । थापालाई जनमोर्चाले सांसदबाट हटाएपछि उनी सर्वोच्च पुगेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार