चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघका ९ जना नेता गोंगबुबाट पक्राउ

चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको नीतिको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको गोङ्गबु चोकमा उनीहरूले सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीतिको विरोध गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले सरकार विरोधी नारा लगाउँदै चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति फिर्ता लिन माग गरेका छन् ।

त्यस्तै उनीहरुले उपप्रधान एवं शहरी बिकास मन्त्रीले राष्ट्रहित विपरित अभिव्यक्ति दिएको भन्दै नारावाजी गरेका थिए । केहिबेर प्रर्दशन गरेपछि प्रहरीले नेविसंघ महामन्त्री दीपक भट्टराईसहित केही विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू रहेका छन् । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार