माओवादी केन्द्रका बाबुराम बने प्रदेश १ को सभामुख

विराटनगर : प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गामैत निर्वाचित भएको घोषणा भएको छ।आज बिहीबार प्रदेशसभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए। संसद् सचिवालयका प्रमुख गोपाल पराजुलिका अनुसार १ बजे शपथ ग्रहण हुने उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने जानकारी दिए। प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।

यता, प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठक बसिरहेको छ।

केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ। माओवादीभित्र को मन्त्री बन्ने भन्नेमा रस्साकस्सी चलिरहेको बेला पदाधिकारी बैठक सुरु भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार