विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटाएको छ । विश्व बैंकले चीनमा कोरोना भाइरसको प्रकोप र घरजग्गा क्षेत्रमा कमजोरी देखिएकाले अपेक्षित आर्थिक वृद्धिदर घटाएको हो ।
सिंगापुरबाट प्रकाशित हुने च्यानल न्युज एसिया सीएनएको अनलाइन संस्करणले जनाएअनुसार विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर ४.३ प्रतिशतबाट घटाएर २.७ प्रतिशतमा झारेको छ ।
विश्व बैंकले अर्को वर्ष पनि चीनको आर्थिक वृद्धिदर अपेक्षित नहुने बताएको छ । अर्को वर्ष चीनको अपेक्षित आर्थिक वृद्धिदर ८.१ प्रतिशतबाट घटाएर ४.३ प्रतिशतमा झारेको छ ।
चीनले मुलुकको कुल ग्राहस्थ उत्पादनमा ५.५ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको छ । यद्यपि सीएनएका अनुसार आर्थिक विश्लेषकहरुले भने यो लक्ष्य हासिल गर्न सम्भव नरहेको बताएका छन् ।