धनकुटा – धनकुटा सदरमुकामसँगै रहेको सल्लेरी वनमा आगलागी भएको छ। बजारको माथिल्लो भागमा रहेको सल्लेरी राष्ट्रिय वनमा मंगलबार रातीबाट डढेलो लागेको हो । आगलागीको कारण भने खुल्न सकेका छैन ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहितको समूह आगो निभाउन खटिएका छन्। राति केही समय नियन्त्रणमा आए पनि फेरि आगो सल्किएको थियो। बिहानदेखि धनकुटा नगरपालिकाको दमकल परिचालन गरिएको थियो।
वनमा अधिकांश सल्लाका रुख रहेको कारण आगो निभाउन समय लागेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए। आगलागीबाट एक हेक्टर वनमा क्षति पुगेको छ ।