गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले २९ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । ६० सिट संख्या रहेको गण्डकी प्रदेशमा बहुमत पुर्‍याउन ३१ सिट चाहिन्छ ।

मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए ।

‘आज बिहान गरेको छलफलबाट विश्वासको मत लिने भन्ने भएको छ । बाँकी छलफलमै छौं’, मन्त्री गुरुङले भने ।

नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३३ जनाको समर्थनमा सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार