सहमति, सहकार्य र आपसी विश्वासको राजनीति आवश्यक : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित आफूले विश्वासको मत मागेको पनि उनले बताए ।

मंगलबार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताएका हुन् । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरू वाम–लोकतान्त्रिक शक्तिकै सहकार्यमा भएको पनि उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार