प्रधानन्यायाधीशले दिए सरकारी पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओली निकटका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।

संसद विघटनको रिट सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश जबराले गठन गरेको संवैधानिक इजलासका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भनी उनीहरुले इजलासमै प्रश्न उठाएपछि जबराले यस्तो चेतावनी दिएका हुन् ।

प्रधानन्यायाधीश जबराले उक्त मुद्दा फिर्ता लिन आग्रह गर्दै नभए मानहानीको मुद्दा चलाउने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीलाई धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दर्ता गरेका अधिवक्ता राजाराम घिमिरेसहितका कानुन व्यवसायीले अहिलेको इजलासमा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी निवेदन दर्ता गरेका थिए । अधिवक्ताहरू राजाराम घिमिरे, कृष्णप्रसाद भण्डारी, दिपक मिश्र र यज्ञमणि न्यौपानेले संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशहरूले अहिलेको मुद्दा सुनुवाइ गर्न नमिल्ने भन्दै निवेदन दिएका हुन् ।

तर प्रधानन्यायाधीशले इजलासप्रति विश्वास गर्नुपर्ने भन्दै त्यसलाई फिर्ता लिन आग्रह गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार