राउटे युवतीलाई मदिरा खुवाएर दुर्व्यवहार गर्ने ३ जना पक्राउ

राउटे समुदायका युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल सन्चालक विनोद पुन रहेका छन् । दुई राउटे युवतीलाई होटलमा लगेर मदिरा खुवाइ भिडियो बनाएर सामाजिक सन्जालमा पोष्ट गरेका थिए ।

भिडियोमा होटल सन्चालक पुनले राउटे युवतीमाथि यौनजन्य दुर्व्यवहार गरेको प्रष्ट देखिन्छ । भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन् । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन् । यतिमात्रै होइन एकजना व्यक्तिले जबरजस्ती चुम्बनसमेत गरेको भिडियोमा देखिन्छ । भिडियो भाइरल भएसँगै चौतर्फी दबाब बढेपछि प्रहरीले तीनजनालाई शनिबार पक्राउ गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार