अवसर नपाए एक्लै कोठामा गाउँछु : समीक्षा अधिकारी

काठमाडौं : गायिका समीक्षा अधिकारीले आफूलाई आफ्नो बारेमा कुरा काट्नेहरूलाई तल्लो स्तरका मानिसको संज्ञा दिएकी छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले आफ्नो असन्तुष्टी व्यक्त गरेकी हुन्।

मानिस तीन किसिमका हुने भन्दै समीक्षाले लेखेकी छन्, ‘उच्च स्तरको त्यो हो जसले विचार र सिद्धान्तका कुरा गर्छ, व्यक्तिको होइन व्यक्तित्वको कुरा गर्छ। मध्यम स्तरका ती हुन् जसले घटनाको कुरा गर्छन्, जस्तै गाडी लड्यो, अन्डा फुट्यो। अनि जो व्यक्तिको बारेमा कुरा गर्छ‚ अरुको कुरा काट्छ‚ त्यो तल्लो स्तरको अर्थात घटिया हुन्छ।’

छोरी मान्छेले सानो उमेरमा राम्रो नराम्रो छुट्याउन नजान्ने र मान्छेका जालझेल नबुझ्ने कुरा उनले स्टाटसमा उल्लेख गरेकी छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार