५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ५३ खर्ब नाघेको छ ।  नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको हो । यो अहिलेसम्मकै बढी हो ।मंगलबारसम्म ५२ खर्ब ९५ अर्ब रहेको थियो । एकै दिन निक्षेप ७ अर्बले बढेर ५३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाले ५३ खर्ब २ अर्ब निक्षेप संकलन गर्दा कर्जा प्रवाह ४७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ५३ खर्ब २ अर्ब निक्षेप संकलन गर्दा वाणिज्य बैंकले मात्रै ४६ खर्ब ७५ अर्ब निक्षेप संकलन गरेका छन् ।

मंगलबारसम्म ४६ खर्ब ६८ अर्ब रहेको थियो । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । वाणिज्य बैंकले मात्रै प्रवाह गरेको कर्जा बुधबारसम्म ४२ खर्ब २१ अर्ब रहेको छ । मंगलबारसम्म ४२ खर्ब २० अर्ब रहेको थियो । अन्य बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

बैंकिङ प्रणालीमा निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.५६ प्रतिशत रहेको छ । केन्दीय बैंकले सीडी रेसियो ९० प्रतिशतभन्दा बढी पुर्याउन नहुने व्यवस्था गरेको छ । यस्तै अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार