चौतर्फी विरोध भएपछि महतोले भने- राष्ट्रिय एकता, अखण्डताप्रति पूर्ण प्रतिवद्ध छु (विज्ञप्तिसहित)

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । मन्त्री भएलगत्तै शुक्रबार कार्यभार सम्हाल्दै उनले बहुल राज्यको कुरा उठाएका थिए ।

मन्त्री महतोको भनाइलाई लिएर चौतर्फी विरोध भएपछि उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । गए राति मन्त्री महतोले प्रेस विज्ञप्ति निकालेर आफ्ना भनाइ बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार