माधव नेपाल निकट अनेरास्ववियुद्वारा मन्त्री महतोको पुत्ला दहन (भिडियो)

अध्यक्ष पराजुली लगायत दर्जनबढी विद्यार्थीहरु प्रहरी नियन्त्रणमा

नेपाललाई टुक्राउने अभिव्यक्ति दिएको भन्दै माधव नेपाल निकट अनेरास्ववीयुले उपप्रधानमन्त्री एवं सहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पूत्ला दहन गरेका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा माधव नेपाल निकट अनेरास्ववीयुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा विद्यार्थीहरुले महतोको पुत्ला दहन गरेका हुन् । पदभार सम्हाल्दै महतोले नेपाल एकल राज्य नभई बहुल राज्य हुनुपर्ने माग राखेर सरकारमा आएको धारणा राखेका थिए । विद्यार्थीहरुले मुलुकलाई टुक्राउने अभिव्यक्तिको विरोध गर्दै पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

हस्तक्षेपका क्रममा पराजुली लगायत दर्जनबढी विद्यार्थीहरुलाई प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल बहुल राज्य हुनुपर्ने महतोको धारणाको विरोध भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार