थप ५ हजार ४२ जनामा कोरोना पुष्टि, ८ हजार बढी संक्रमणमुक्त

नेपालमा शनिबार थप ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ४७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३५४० जना र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पीसीआर विधिबाट ५ लाख ८५ हजार १०० र एन्टिजेन विधिबाट १३ हजार १०४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ७ हजार ७ सय ९९जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै कोरोनाका कारण थप ८ हजार २४३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ४ लाख ८४ हजार ३७३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार