खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक बस्दै

नेकपा एमालेको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक बस्दै छ । केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै खनालनेपाल समूहले शनिबार स्थायी कमिटीको बैठक बोलाएको हो ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए । यसअघि समूहको केन्द्रीय कमिटी बैठक बिहीबार र शुक्रबार बसेको थियो ।

भर्चुअल बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो । बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार