महतोले सम्हाले उपप्रधान एवम् सहरी विकास मन्त्रीको जिम्मेवारी (भिडियो)

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन् । उनीहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसैबिच नवनियुक्त उपप्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले शुक्रबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उपप्रधान तथा सहरी विकास मन्त्री पद तथा गोपनीयताको शपथ लिएका महतोले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि महतोले सरकारमा रहेर मधेसका समस्यालाई सम्बोधन गर्ने प्रयास गर्ने बताए । महतो नेतृत्वमा नै जसपा ओली सरकारमा सहभागी भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार